काठमाडौं– हृदयघातपछि राजु श्रीवास्तवको अवस्था गम्भीर छ । उनको एम्समा उपचार भइरहेको छ ।
Advertisement
राजुका निकटतम शुभचिन्तकहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अहिले राजु श्रीवास्तवको एमआरआई रिपोर्ट आएको छ । उक्त रिपोर्टमा उनको मस्तिष्कका नसाहरु दबिएको देखिएको छ, जसकारण अक्सिजन पर्याप्त मात्रामा पुगिरहेको छैन ।
भारतीय सञ्चार माध्यमहरुले उनलाई निको हुन कम्तिमा १० दिन लाग्ने चिकित्सकहरुले बताएको उल्लेख गरेका छन् ।
श्रीवास्तवलाई जीममा व्यायाम गरिरहँदा मुटुमा पीडा भएर अस्पताल भर्ना भएका थिए । उनी भाजपामासमेत आबद्ध थिए ।