• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

प्रतिनिधिसभाको इतिहासलाई फर्केर हेर्दा…


    Avatar photo
सोमबार, साउन ३०, २०७९ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

Advertisement

मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ । नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ ।

कूल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो । त्यसपछि हालसम्म विभिन्न मितिमा बालिक मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ । आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा विसं २०३७ वैशाख २० गते राष्ट्रिय जनमत सङ्ग्रह भएको थियो ।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा विसं २०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा विसं २०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो ।

तीस वर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनःस्थापना भएसँगै विसं २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र विसं २०५० माघ २५ गते उपनिर्वाचन गरियो ।

नेपाली कांग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई विसं २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मङ्सिर २३ गते भएको तथ्याङ्क छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष तथा २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रुपमा विसं २०६४ चैत २८ गते संविधासभा सदस्य निर्वाचन भयो । सोही संविधानसभा निर्वाचनसँग जोडिएर विसं २०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो । बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधासभा सदस्य निर्वाचन विसं २०७० मङ्सिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन विसं २०७१ असार ८ गते र चैत २८ गते भए ।

सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा विसं २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भयो ।

नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरु राष्ट्रियस्तरका निर्वाचनमा विसं २०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, विसं २०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ । विसं २०७६ मङ्सिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा विसं २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ ।

  • प्रतिनिधिसभा
सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.