काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
Advertisement
महासंघका अनुसार आज छापावाला सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चादीको मूल्य भने तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।