काठमाडौँ । आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ । यस प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा साना दलले दल दर्ता गरिसकेको छ ।
Advertisement
तर, शनिबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसको बैठक निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आयोगले निमार्ण गरेको कार्य तालिका अनुसार अब तीन दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यसबीचमा ४० राजनीतिक दल दर्ता भएका छन,’ पौडेलले भने ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।