मलाई माया लाग्छ, यो देशको माया लाग्छ
सम्झी ल्याउँदा आफ्नै, परिवेशको माया लाग्छ
Advertisement
स्वर्गकी अप्सराझैं, मुस्काउने माछापुच्छ्रे
जानकी, बुद्ध अनि भृकुटी पनि जन्मे
कञ्चनजंघादेखि, कैलाशको माया लाग्छ
मलाई माया लाग्छ, मेरो देशको माया लाग्छ
चन्द्र सूर्य बोकी उडौं कि, आकाशमा जस्तो
माटोकै सुगन्धमा, हराउँ कि धर्तीमै जस्तो
मेची–काली आफ्नै, हिमालको माया लाग्छ
तराई र पहाड अनि गड्तीरको माया लाग्छ
मलाई माया लाग्छ, यो देशको माया लाग्छ
सम्झी ल्याउँदा आफ्नै, परिवेशको माया लाग्छ
(लेखक विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष हुन्)