काठमाडौँ । त्रिशूली नदीमा खसेको ट्रकका चालकसहित सवार व्यक्तिहरूको खोजी सुरु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य सुरु गरेको हो ।
Advertisement
आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित त्रिशुली नदीमा बिहान ९ बजे ट्रक खसेको हो । ट्रक कहाँबाट आएको ? कहाँ जान लगेको ? भन्ने यकिन हुन सकेको छैन । प्रहरीका अनुसार सीसीटीभी फुटेज हेरेर ट्रकबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्ण रूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ ।
