काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, यस अवधिमा संक्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोनाबाट मुक्त भएका छन् । हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित छन् ।