काठमाडौं- अभिनेता भुवन केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।
Advertisement
सरकारले ९ साउनमा उनलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरेको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।
बोर्डको अध्यक्ष नियुक्त हुन स्नातक तह उत्तीर्ण हुनुपर्छ। तर, अभिनेता केसीले प्रवीणता प्रमाण पत्र तह मात्र उत्तीर्ण गरेकाले उनको शैक्षिक योग्यता नपुग्ने जिकिर रिटमा गरिएको छ। नरेश पौडेललगायतले रिट दायर गरेका हुन्।
बोर्डको अध्यक्षका आकांक्षी १० जनामध्येबाट सरकारले अभिनेता केसीलाई नियुक्त गरेको थियो। रिट निवेदक पौडेल पनि आकांक्षी थिए।