काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गरी खाका पठाउन भनिएको छ ।
‘आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी कटौती गरिन लागेको मन्त्रालयले जनाएको छ, आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यको बुँदा नं. ३६६ ले सङ्घीयता कार्यान्वयनको पाँच वर्षको अभ्यासको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनर्संरचना गर्न एक उच्च स्तरीय आयोग गठन गरिने छ, र सोही वक्तव्यको बुँदा नं. ३७९ मा सरकारी निकायका सङ्गठन संरचना र दरबन्दीको पुनरावलोकन गरिने छ’ मन्त्रालयले बजेट वक्तव्यको बुँदा उल्लेख गर्दै भनेको छ ।
यस्तै, पत्रमा भनिएको छ, ‘सङ्घीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन भन्ने उल्लेख छ ।‘
