काठमाडौँ । वालिङ नगरपालिका ९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । वालिङ १३ स्थित गहाखोला सडकमा उनको शव फेला परेको हो । उनी बुधबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए ।
Advertisement
स्थानीयवासीले ग १६ प ५४६१ नम्बरको स्कुटरसहित पल्टेको अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव गह्रौं प्राथमिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । गत २०७४ को स्थानीय निर्वाचनमा उनी कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए ।