काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको हाृे ।
Advertisement
हिजो छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । हिजो आइतबार पनि चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।