• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सुदूरका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ सार्वजनिक


आइतबार, साउन २२, २०७९ मा प्रकाशित

काठमाडौं– सुदूरपश्चिमका धार्मिक, पर्यटकीयस्थल समेटिएको ‘मेरी माया सितलु छायाँ’ नामक देउडा गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Advertisement

कलाकार भानुभक्त जोशीको शब्द तथा सङ्कलनको उक्त गीत र भिडियोमा सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको छ।

उक्त गीतले मनोरञ्जन दिनाका साथै सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगाउने अपेक्षा गरिएको छ । कैलालीको टीकापुर पार्क, चिसापानी, घोडाघोडी ताललगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई देउडा गीतलाई समेटेर अहिले बजारमा ल्याइएको म्युजिक भिडियोमा कञ्चनपुरको वेदकोट ताल, शुक्लाफाँटा, दोधारा चाँदनी पुल, अछामको बैझनाथ धाम, रामारोशन ताल, डोटीको शैलेश्वरी, डडेल्धुराको अमरगढी, बाजुराको बडिमालिका, बझाङ्को बान्नी चैतली, दार्चुलाको सितड भगवती र अपी सैपाललाई समेटिएको छ । यसैगरी दार्चुलाको तमाखु र कैलालीको मन्सुली धान, नेपालका अमर शहीद बलभद्र कुँवर, दशरथचन्द ठाकुर, भीमदत्त पन्तलाई पनि सम्झिएको छ ।

पश्चिम नेपालको लोकलयमा गाइएको गीतलाई यहाँको संस्कृति संरक्षण, पर्यटकीयस्थलको पहिचान र सम्भावनाको खोजीका रुपमा कलाकारले लिएका छन् । चर्चित देउडा गायिका रेखा जोशी र शेरी आउजीले गाएको गीत सुन्दा देउडा दोहोरीजस्तो लागे पनि गीतमा सवालजवाफ भएको छैन् । यस गीतमा एकल वर्णनात्मक भाव बढी झल्किएको छ । ‘गीतमा सुदूरपश्चिमका सबै जिल्लाका धार्मिक तथा पर्यटकीयस्थललाई समेटिएको देखिन्छ,’ देउडा प्रेमी तथा कलाकार नवराज रिमाल भन्छन्, ‘गीतमा माया र प्रेमसँगै, प्रकृतिसँग प्रेम, संस्कार र संस्कृतिसमेत झल्किन्छ । गीत र भिडियोमा सुदूरको माटो भूगोल र पहिचान झल्कन्छ ।’

गीत सुन्दा पर्यटन प्रवद्र्धनका लागि गाइएको जस्तो लाग्छ । अर्को रोचक कुरा म्युजिक भिडियोमा अभिनय गर्ने एउटा पात्र कुनै कलाकार नभइ नाम चलेका प्रहरी अधिकृत भएको र यसले गर्दा पनि गीतलाई अझै बढी ओझिलो बनाएको छ । टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले गीतमा अभिनय गरेका छन् । ‘व्यक्तिगत हिसाबले मेरो रहर पनि थियो, विभागबाट स्वीकृति लिएर यो अवसर जुटाइयो’, उनी भन्छन् ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.