काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद तथा उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगका भागिदार भएको बताएका छन् ।
Advertisement
‘उनी महाभियोगको भागिदार हुन्, यो हामीले संसदको बैठकमा पटक पटक उठाएको हो,’ उनले भने, ‘हामीले गहिरो छानबिन गरौँ भनिरहेकै थियो, तर यो ढंगले होइन, यस प्रकारणको प्रतिशोध साँध्ने गरी होइन ।’
उनले सत्ता गठबन्धनले जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नै पर्ने गरी आएको बताए । फागुन २९ गते दर्ता भएको महाभियोग सामान्यतयाः तीन महिनामा टुंगिनु पर्ने भए पनि अहिले आएर प्रक्रिया सुरू गर्नु गलत नियत देखिएको उनको भनाइ थियो ।
‘नेपालीमा एक उखान छ, दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई,’ उनले भने, ‘दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन ।’