• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कोसी ब्यारेजका ढोका भारतको नियन्त्रणमा हुँदा खेती योग्य जमिन डुबानमा


आइतबार, साउन २२, २०७९ मा प्रकाशित

काठमाडौँ । सप्तकोसी नदीमा पानीको सतह पुनः बढेको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ ।

Advertisement

पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ ।

मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो । पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएकाले उदयपुर, सुनसरी र सप्तरीको खेती योग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलङ्का टापु डुबानमा परेको छ । यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै विसं २०२३ मा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ । विद्यालयसँगै रहेको स्वास्थ्य चौकी पनि कटानको जोखिममा छ । यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयवासीले माग गरेका छन् ।

पहाडी जिल्लामा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविक रूपमा बढ्ने अनुमान गरिएको छ । कोसी नदीमा पानीको अत्यधिक बहाव हुन सक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तकोसमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दामा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

  • नियन्त्रण
आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.