काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले आज बिहानै बानेश्वर क्षेत्रको अवलोकन गरी एक निर्देशन दिएका छन् । उनले बानेश्वर क्षेत्रको फुटपाथ हटाएको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
Advertisement
केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन निर्देशन दिएका थिए । आज उनले बानेश्वरका अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका हुन् ।
मेयर साहले बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेल, घरधनी र व्यापारीसहित टोली लिएर अनुगमन गरेका थिए ।