विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईसहित उनका परिवारजन कोरोना संक्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना संक्रमित भएका हुन् ।
Advertisement
मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।