काठमाडौँ । मादक पदार्थ सेवन गरी विद्यालय पुग्ने क्रममा पक्राउ परेका हेडसर पक्राउ परेका छन् । उनी एक हजार रुपैयाँ धरौटी तिरेपछि घर फर्किएका छन् ।
जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर विद्यार्थीले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनको मेडिकल जाँचका क्रममा मापसे गरेको पाइएको पुष्टि भएपछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरी विद्यालय पुगेका हेडसर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।
प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई विद्यालमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अबदेखि विद्यालय प्रवेश नगर्न सचेत गराइएको छ ।