काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय हुँदा आज देशभर भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो देशका धेरै स्थानमा चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा रहेको महाशाखाको जनाएको छ ।
वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै महाशाखाले बुधबारदेखि मौसममा सुधार हुने जनाएको छ ।