काठमाडौँ । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको छ । तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा आज बिहान चार जनाको शव फेला परेको हो ।
Advertisement
प्रहरीका अनुसार सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराहरू शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे यकिन खुलिसकेको छैन ।