काठमाडौँ । हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परेकाले हवाई उडान हुन नसकेको हो ।
Advertisement
जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन ।
हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका ७ का वीरबहादुर सिंहले बताए ।
सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् । सीता एयरले दुई दिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।