काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा दुई करोड ४८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८.५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष यस कम्पनीले १० लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढेको छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष नौ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर सात लाख ९३ हजार रुपैयाँ भएको छ ।
हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी तीन रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।