काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ ११ र १२ गते पूरक परीक्षाको मिति तय गरेको हो ।
Advertisement
बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवेदन दिइसक्नु पर्ने छ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पूरक परीक्षा दिने अवसर रहेको बोर्डले जनाएको छ ।
परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको पाँच सय रुपैयाँ राजश्व तिरेर सम्बन्धित विद्यालयमा फाराम भर्न सक्ने छन् । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेको परीक्षा हुने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
