काठमाडौँ । वीरगञ्ज महानगर १६ रजत जयन्ती चोकबाट अवैध छ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
Advertisement
स्रोत नखुलेको पाँच लाख ८८ हजार रूपैयाँसहित भारतीय नागरिक ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता पक्राउ परेका हुन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।