काठमाडौं– नेशनल हेराल्ड प्रकरणमा ईडीले कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग आज दोस्रो पटक सोधपुछ गरिरहेको छ।
Advertisement
यसैबीच कांग्रेसले देशभर विरोध प्रदर्शन गरिरहेको छ । कांग्रेस सांसदहरू दिल्लीको संसद भवनमा गान्धीको प्रतिमा नजिकबाट विजय चोकमा ¥याली गरेका थिए । उक्त र्यालीमा राहुल गान्धी पनि सामेल भएका थिए । धर्नापछि दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएको थियो।
सञ्चार माध्यमसँग बोल्दै राहुल गान्धीले भने, ‘सबै सांसदहरू यहाँ आएका छन्। उनीहरूले मुद्रास्फीति र बेरोजगारीको कुरा गरिरहेका छन्। तर पुलिसले हामीलाई यहाँ बस्न दिइरहेको छैन। (संसद)भित्र बहस गर्न दिइँदैन र यहाँ गिरफ्तार गरिरहेको छ ।’
सञ्चार माध्यमका अनुसार ¥यालीमा संलग्न अन्य धेरै कांग्रेस नेताहरूलाई पनि प्रहरीले हिरासतमा लिएको छ। जसमा रञ्जित रञ्जन, केसी वेणुगोपाल, इमरान प्रतापगढी र के सुरेश छन् ।