काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्यमा सय रुपैयाँले घटेको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।