काठमाडौँ । प्रतिनिधिसभा बैठक सांसदहरू बाहिरिएपछि गणपूरक संख्या नहुँदा स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
Advertisement
कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए ।
यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनु पर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।