काठमाडौँ । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट प्रहरीले छापा मारी १५० जनालाई पक्राउ गरेको छ ।
Advertisement
तिलोत्तमा नगरपालिका जानकीनगरको कल सेन्टरमा छापा मारी प्रहरीले करिब १५० जना युवायुवतीलाई पक्राउ गरेको हो ।
उनीहरूले भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको उजुरी परेपछि प्रहरीले छापा हानेको हो ।
उनीहरूले करिब तीन सय कम्प्युटर राखेर सर्वसाधारणलाई म्यासेज पठाएर ट्र्यापमा पारेको प्रहरीले जनाएको छ । उक्त कल सेन्टरमा चिनियाँ र भारतीय नागरिकको लगानी भएको प्रहरीले जनाएको छ ।