हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान रोकिएको छ । निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसके पनि प्रतिनिधिबीच विवाद हुँदा मतदान रोकिएको हो ।
Advertisement
निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिकाअनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो । दिउँसो ४ बजेसम्म तोकिएको मतदान सकिएपछि शनिबार गणना गर्ने तालिका थियो ।
जारी अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि संस्थापन र इतरनिटका पत्रकारको दुई वटा प्यानल छन् ।
जसअनुसार संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालको प्यानल प्रतिस्पर्धामा छ ।