काठमाडौँ । बागमती प्रदेशअन्तर्गतका जिल्लाभित्र सञ्चालित सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजैदेखि लागू हुने गरी भाडा बढाएको हो ।
Advertisement
अब प्रदेश र काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चढ्नासाथ २० रुपैयाँ भाडा लाग्ने भएको छ । बागमती प्रदेश सरकारले वैशाखमा लागू गरेको भाडादरमा अहिले ८.३९ प्रतिशत वृद्धि गरेको हो ।
सार्वजनिक भाडामा पहिला कायम गरिएको भाडामा दूरीअनुसार दुई रुपैयाँ बढाइएको हो । त्यस्तै मालबहाक सवारी साधनमा प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ पुर्याइएको छ ।
विद्युतीय माध्यमबाट सञ्चालित सवारी साधन र ट्याक्सीको भाडा भने पहिलेकै अवस्थामा रहेको छ ।