दमास्कस- इजरायलले सिरियामा हवाई हमला गरेको छ। त्यसमा परी तीन सैनिक मारिएको सिरियाले जनाएको छ।
Advertisement
सिरिया सरकारका अनुसार राजधानी दमास्कस नजिक इजरायलले हवाई आक्रमण गरेको हो। घटनामा सातजना घाइते भएको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ।
गोलानहाइट्सबाट प्रहार गरिएका मिसाइल दमास्कस नजिक खसेको मन्त्रालयको भनाइ छ। इजरायलले यस्ता आक्रमणबारे कुनै टिप्पणी गर्ने गर्दैन।
एक दशकयता इजरायलले सिरियाली सेना, इरान समर्थक मिलिसिया र हिज्बुल्लाह लडाकुहरूका आधार शिविरमा सैयौं आक्रमण गरिसकेको छ। तर, त्यस्ता आक्रमणको जिम्मेवारी नलिई इजरायल चुपचाप बसिदिने गर्छ। इजरायलको यस्तै आक्रमणका कारण सिरियाको दमास्कसस्थित विमानस्थलको सेवा नै बन्द भएको छ।