काठमाडौँ । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका २ सरौलीका ४९ वर्षीय खेम प्रसाद भुसाललाई पक्राउ गरेको छ ।
Advertisement
भुसालले बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।