काठमाडौँ । गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकमा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए ।
Advertisement
यस्तै, हेलम्बुको ढुंगेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गए राति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।
सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जल सतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।