काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
Advertisement
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । स्रोतका अनुसार समाजवादी केन्द्र गठनबारे दुई नेताहरूले वार्ता गरेका हुन् ।
दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।