काठमाडौँ । नेपाली कांग्रेसले देशभर विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्य समितिको बैठकले चुनाव लक्षित अभियान चलाउने भएको हो ।
Advertisement
कांग्रेसले आगामी भदौ २ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने जनाएको हो । गएको स्थानीय तहको निर्वाचन लक्षित गरेर कांग्रेसले घर घर जाऔं कांग्रेस जिताऔं अभियान सञ्चालन गरेको थियो ।
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलकाबीच तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।