काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० सय रुपैयाँले बढेर ९४ हजारमा कारोबार भइरहेको छ ।
Advertisement
आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज वृद्धि भएको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला पाँचले बढ्दै एक हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।