काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले हतियार किन्ने कुनै योजना नबनाएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
Advertisement
देशमा आर्थिक संकट उत्पन्न भएको अवस्थामा सरकारले प्रहरीका लागि हतियार किन्न लागेको भन्दै आलोचना भइरहेको छ ।
‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो, यो पुरानो निर्णय हो, हतियार किन्ने योजना सरकारको छैन, हतियार किन्ने पैसा पनि छैन,’ उनले भने ।