काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत जाने भएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा उनी दिल्ली जाने भएका हुन् ।
Advertisement
उनी भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रममा जाने भएका हुन् । भ्रमणमा उनले उच्च स्तरीय भेटवार्ता गर्ने भएका छन् ।
यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरूसँग भेट्ने भएका छन् ।
अहिले प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारतमै रहेकी छन् ।