• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सांसदको हर्कत : हाजिर गर्दै भत्ता लिँदै, ऐन संशोधन गर्ने विधेयक अलपत्र


    Avatar photo
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको बेञ्च पूरै खाली भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठक कारबाही अघि बढ्न नसकी स्थगन गरिएको छ ।

Advertisement

बैठक प्रारम्भ भएपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी बेन्चमा कुनै पनि सदस्यको उपस्थिति नरहेकाले आजको बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सदस्य बैठकमा अनुपस्थित रहेका थिए । सत्ता पक्षीय बेञ्चमा समेत सदस्यको उपस्थिति न्यून संख्यामा थियो ।

प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७९-०८० को बजेट कार्यक्रममा प्रतिपक्षका साथै सत्तापक्षकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुन नसकी स्थगित हुँदै आएको छ ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेटका विषयमा उठाइएका असन्तुष्टिलाई सम्बोधन गरी असार २८ गतेसम्म बजेट कार्यक्रम पारित गर्ने गरी सदनको कारबाही सञ्चालन गर्ने निर्णय भएकामा सरकारले त्यस्तो व्यवहार नदेखाएकाले आजको बैठकमा सदस्यहरु अनुपस्थित रहेको प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले बताए ।

‘सरकारले परामर्श समितिको बैठकमा असन्तुष्टि सम्बोधन गर्छौं भन्यो, तर गरेन,’ परामर्श समितिका सदस्यसमेत रहेका सत्तापक्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खड्काले भने । प्रमुख प्रतिपक्षी एमालेका सदस्य कृष्णराज सुवेदीले सदनमा भएको आफूहरुको अनुपस्थितिबारे संसदीय दलको नेताबाट जानकारी माग्न उचित हुने बताए ।

वित्तीय अनुशासन कायम नगरी ल्याइएको बजेट नीति कार्यक्रमअनुसारको सन्तुलित नभएको र बिचौलियासँग सेटिङ गरेर ल्याइएको असन्तुष्ट सदस्यको भनाइ छ । बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढंगले भएको जस्ता गुनासोसमेत सदस्यले गरेका थिए ।

बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन् । सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नु पर्ने कानूनी व्यवस्था छ ।

यता, प्रतिनिधिसभाको बैठकमा सांसदहरूले हाजिर गरेर बैठक छाडेपछि महत्त्वपूर्ण विधेयक नै पारित हुन रोकिएको छ । सोमबार दिउँसो १ बजे बसेको बैठकमा नेपाल रेलवे विधेयक र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची रोकिएको हो । सांसदहरू हाजिर गरेर बाहिरिएकाले रेलवे विधेयक पारित हुन नसकेको हो ।

हाजिर गरेपछि बैठक भत्ता सुनिश्चित हुने भएकाले सांसदहरू बानेश्वरस्थित संसद् भवनबाट महत्त्वपूर्ण विधेयक पारित नगरी हिड्ने गरेका छन् ।

  • विधेयक
  • सांसद
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.