मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका ९ का अध्यक्ष भुवनसिं घलानविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न प्रतियोगिता खेल्न आएकी कैलाश गाउँपालिका ९ नामटारस्थित कालिका माविकी विद्यार्थीमाथि वडाध्यक्षले बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी परेको हो ।
मध्यरातमा १४ वर्षकी विद्यार्थीले वडाध्यक्ष आफूहरू सुतिरहेको कोठामा प्रवेश गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।