काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् ।
Advertisement
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले राष्ट्रियसभामा दर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरिसकेका छन् ।