काठमाडौँ । मोरङको कानेपोखरी गाउँपालिका ६ का एक पुरुषले श्रीमती र भाउजूमाथि खुकुरी प्रहार गरेका छन् । ३८ वर्षीय आकाश लिम्बूले उनीहरूमाथि आइतबार राति खुकुरी प्रहार गरेका हुन् ।
Advertisement
खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घरयासी विवादका क्रममा आकाशले श्रीमतीमाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । यसै क्रममा छुट्याउन आएकी भाउजूलाई समेत उनले खुकुरीले हानेको थिए ।
आकाशलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।