काठमाडौँ । अधिक मात्रामा विदेशी सामान आयात गर्दै आएको नेपालले चालू आर्थिक वर्ष २०७८–७९ मा ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात गरेको छ । चालू वर्षको ११ महिनामा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।
Advertisement
भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात भएको हो । नेपालबाट अलैँची दक्षिण एसियाकै २ वटा देशमा निर्यात हुने गरेको छ ।
नेपालबाट भारमा ४ अर्ब ५२ करोड रुपैयाँको अलैँची निर्यात हुँदा पाकिस्तानतर्फ ३ करोड ४४ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।