नयाँदिल्ली- भारतको जम्मु कश्मीरस्थित अमरनाथको यात्रामा निस्किएका १० जनाको शुक्रबार साँझ मुसलधारे वर्षापछि आएको बाढीका कारण मृत्यु भएको छ।
Advertisement
समाचार एजेन्सी एएनआईका अनुसार अमरनाथ गुफानजिक पुगेका ती तीर्थयात्री मुसलधारे वर्षापछि आएको बाढीमा परेका हुन्। त्यहाँ पुगेका तीर्थयात्रीको उद्धारमा भारतका सरकारी निकायहरू, प्रहरी र अर्धसैनिक बल जुटेका छन्।
बाढीमा परेका १० जनाको मृत्यु भएको र तीनजनालाई सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार तीर्थयात्री बसेका त्रिपाल बाढीले बगाएको थियो। त्रिपालभित्र बसेका तीर्थयात्रीको मृत्यु भएको हो।