बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकाको मत गणना तयारी भइरहेको छ । अहिले सर्वदलीय बैठक जारी छ ।
Advertisement
सर्वदलीय बैठकपछि गणना सुरु हुने जनाइएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले हिजो (असार २३) गतेका लागि पुनः निर्वाचनको मिति तोकेको थियो ।
यस नगरको निर्वाचनमा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार रहेका छन् ।