काठमाडौँ । बहुविवाह मुद्दाका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका २ प्रतापुर बस्ने ४० वर्षीय निरक बहादुर थापा पक्राउ परेका छन् ।
Advertisement
जिल्ला अदालत बर्दियाको २०७१ जेठ ७ गतेको आदेशले बहुबिवाह मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भुरीगाउ बर्दियाबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाइएको छ ।