काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । देउवाले सोमबार जसपाका तीन नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् ।
Advertisement
जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वन मन्त्रीमा नियुक्त भएका हुन् । जसपाले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर उनीहरूलाई सरकारमा पठाएको हो ।
नयाँ मन्त्रीहरूले आज दिउँसो ४ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गर्ने भएका छन् । यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गरेको थियो ।