काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला बहस सुरु भएको छ ।
Advertisement
प्रतिवेदनमा समूहगत छलफल हुँदै आए पनि यसपटक खुला छलफल हुने भएको हो । त्यसमा प्रचण्डले आफ्नो धारणा राख्न केन्द्रीय समिति सदस्यलाई २–२ मिनेट दिएका छन् ।
प्रचण्डले प्रतिवेदनमा लागेका कुरा राख्न २ मिनेट समय दिएका हुन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा आइतबार प्रचण्डले १० पनाको राजनीतिक प्रतिवेदनमा पेश गरेका छन् ।
प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषयसमेत उल्लेख गरेका छन् ।