• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए


    Avatar photo
सोमबार, असार २०, २०७९ मा प्रकाशित

झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताउनुभयो ।

भारतबाट हुलका हुल आउने जङ्गली हात्ती झापाको बहुण्डाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हात्ती आतङ्क छ र योसँगै अहिले किसान रासायनिक मलको मार खेपिरहेका छन् ।

झापामा केही वर्ष पहिले बाहुण्डाँगीमा मेची नदीको पश्चिमतर्फ फ्रेन्सी तार लगाइयो, यसले गर्दा केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण भए पनि चोरी, तस्करीका कारण फेन्सी तार छैन र अहिले निर्वाधरुपमा हात्ती प्रवेश गरेर सर्वसाधारण जनतालाई दुःख दिइरहेको अवस्था छ । रासायनिक मल झापाको समस्या मात्र नभई अन्यत्र पनि उस्तै देखिएको छ, तथापि सरकारले यसको भरपर्दो व्यवस्थापनमा ध्यान दिएको सदस्य कार्कीको भनाइ छ ।

खाद्यमा आत्मनिर्भर बन्न किसानको मागलाई सरकारले गम्भीररुपमा लिनुपर्ने उहाँले जिकिर गर्दै भन्नुभयो, “खेतमा भरपर्दो सिँचाइ छैन, आकासे पानीको भरमा खेती गर्नुपर्छ र बालीका लागि चाहिने मल, बीउबिजन समयमै उलब्ध हुँदैन, कसरी खाद्यान्नमा आत्मनिर्भर बन्न सकिन्छ ।”

यस्तै, जिल्लाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म पूर्वी पश्चिम रेलमार्गका लागि सरकारले १०६ किमी लामो दूरीका व्यक्तिको जग्गा अधिग्रहण गरेको छ । तीन वर्ष बितिसक्दा पनि रेलमार्ग बनाउने कार्य सुरु भएको छैन तर पनि जनताको घरजग्गा रोक्का छ फुकुवा हुनुपर्ने नभए अधिग्रहण भएको जग्गाको क्षतिपूति दिनुपर्ने सदस्य कार्कीको माग छ ।

यसैगरी, प्रदेशसभा सदस्य राजकुमार ओझाले मोरङको सुन्दर हरैचामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्नुभयो । उहाँले सुन्दरहरैचामा इलाका प्रशासन कार्यालय स्थापना भएमा यस क्षेत्रमा रहेको बाक्लो जनघनत्वले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । वर्तमान संविधानले सिंहदरबार घरघरम भनेको छ, तर सरकारबाट प्रवाह हुने सेवा कार्यालय सदरमुकाम केन्द्रित छ, कसरी जनताले सेवामा सहज पाउँछन् सोच्नुपर्ने समय भएको सदस्य ओझाको भनाइ छ । उहाँले सरकारले राष्ट्रिय परिचयपत्रका लागि सर्वसाधारण जनतालाई सर्वसुलभ तरिकाले सेवा दिनुपर्छ । परिचयपत्रकै लागि सधँै सदरमुकाम आउन जान पर्दा जनताको कति खर्च हुन्छ सरकारले सोच्नुपर्ने र जनतालाई सरल ढङ्गले सेवा दिनुपर्ने माग गर्नुभयो । उहाँले प्रत्येक पालिकाबाट राष्ट्रिय परिचयपत्र दिन लागि फोटो खिच्ने अभियान सञ्चालन हुनुपर्ने जनाउँदै मतदाता नामावलीमा नाम छुटेको तर उमेर पुगेका लागि पनि मतदाता नामावली सङ्कलन गर्ने कार्य सञ्चालन हुनुपर्ने भन्नुभयो ।

उहाँले धेरै नेपाली युवा विदेशमा रहेको र केही महिना पछि हुने सङ्घीय र प्रदेश निर्वाचनमा उहाँहरुलाई पनि नेपाली राजदूतावास तथा अन्य संयन्त्र खडा गरी मतदान गर्ने व्यवस्था मिलाउन र उहाँहरुलाई मतदान गर्ने अधिकारबाट वञ्चित हुन नदिन सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.