काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनलाई निष्कासन गरिएको छ । अभियानमा आबद्ध चार दलले संयोजक गौतमलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
Advertisement
अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई निकाल्ने निर्णय गरेको हो । बैठकाम ५ बुँदे आरोप लगाइएको छ ।
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो ।