काठमाडौं– दक्षिणी इरानमा शनिबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
Advertisement
सञ्चारमाध्यमका अनुसार त्यसपछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलको थप दुई शक्तिशाली भूकम्प गएको थियो ।
समाचार एजेन्सी रोयटर्सले भूकम्पमा पाँच जनाको मृत्यु भएको र अहिलेसम्म कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार इरानमा एक दर्जनभन्दा बढी परकम्प गएको छ । जसकारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको छ।